रामेछाप । वैशाख १५ गते,
रामेछाप र ओखलढुङाको सिमानामा रहेको लिखुखोलामा पौडी खेल्ने क्रममा एक जना मजदुर बेपत्ता भएका छन । लिखु तामाकोशी
गाउँपालिका वडा नं २ फेदीमा निमार्णा्धिन स्वेतगंगा हाइड्रोपावरको सोरुङ्गमा कार्यरत मजदुर पौडी खेल्ने क्रममा वेपत्ता भएका हुन् । आईतवार दिउँसो कम्पनीवाट पौडी खेल्न नदीमा गएका गोर्खा जिल्ला घर भई स्वेतगंगा हाइड्रोपावरको सोरुङ्गमा कार्यरत वर्ष २६ का रामबाबु वुढाथोकी वेपत्ता भएको बताइएको छ । उनको दिउँसोदेखी हाइड्रोपावरका कर्मचारीहरु, स्थानीय र प्रहरी समेत खोजी कार्यमा जुटेपनि हालसम्म उनको शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक शेख अदालतले जानकारी दिए ।
लिखुखोलामा पौडी खेल्ने क्रममा हाइड्रोपावरमा कार्यरत एक मजदुर बेपत्ता
- प्रकाशित मिति: आइतबार, बैशाख १५ २०७६
- तामाकोशी